नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला

हरिहरभवन, ललितपुर

परिचय

कुल कृषि गार्हस्थ उत्पादनमा करिव 27 प्रतिशत योगदान तथा कुल गार्हस्थ उत्पादनमा 13 प्रतिशत योगदान रहेको पशुपालन क्षेत्रले नेपाली समाजमा बहुआयामिक महत्व राख्दछ । पशुपालन क्षेत्रको विकासको लागि पशु स्वास्थ, पशु प्रजन्न, पशु आहारा र वजार व्यवस्थापन महत्वपुर्ण क्षेत्रगत सम्भागका रुपमा रहेका छन् । पशुपालनमा लाग्ने लागतको करिब 70 प्रतिशत खर्च लाग्ने गरेको पशु आहारा व्यवस्थापन हाल नेपालमा पशुपालनको मुख्य चुनौतिको रूपमा रहदै आईरहेको छ । व्यवसायिक तथा आधुनिक पशुपालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्वि गर्न गुणस्तरिय पशु आहाराको उपलब्धता सुनुश्चित गर्न आपरिहार्य भएको छ । हाल नेपालमा सुख्खा पदार्थमा 33 प्रतिशत तथा टि डि एनमा 50 प्रतिशत कमी रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालनको मुख्य आधारको रुपमा रहेका करिव 37 प्रतिशत चरन क्षेत्र तथा खर्कहरु पशुहरुको पहुचको कमी तथा उच्च stocking density का कारण हाल उच्च जोखिममा रहेका छन् । वर्तमान अवस्थामा राष्ट्रिय रुपमा पशु आहाराको मागलाई अपेक्षिकृत रुपमा पुर्ति गर्न नसकिएको भएतापनी हालको समयमा पशु आहारा क्षेत्रले नीजि क्षेत्रको सहभागीतामा उघोगको रुपमा विकास हुदै गरेको देखिन्छ । निजी क्षेत्रको लगानीमा हाल साना तथा मझौला गरी जम्मा 118 वटा पशु आहारा उघोगहरु देश भित्र संचालनमा रहेका छन जसबाट दैनिक रुपमा सरदर 2600 टन पशुपन्छी दाना उत्पादन भइरहेको छ । व्यवसायिक रुपमा दाना उघोगको विकासक्रमसँगै दाना उत्पादनमा चाहिने कच्चा पदार्थमध्ये करिव 80 प्रतिशत मकै र सोयाविन तथा 100 प्रतिशत फिड एडिटिव तथा स्पलिमेन्ट हाल विदेशबाट आयात भईरहेको छ।तसर्थ पशुपालन व्यवसायलाई दिगो तथा प्रतिस्पर्धा बनाई त्यसबाट उच्चतम प्रतिफल हासिल गर्न सन्तुलित तथा गुणस्तरीय पशु आहाराको उपलब्धता सुनिश्चित हुन, पशुपालन क्षेत्रको बढ्दो व्यवसायीकरण संगै ठुलो परिमाणमा तयारी दाना, दानाका लागि कच्चापदार्थ तथा फिड सप्लिमेन्टहरुको आयातबाट सिर्जित व्यापार घाटामा कमि ल्याउन आत्मनिर्भर पशु आहारा प्रणालीको आवश्यकता महसुस गरिएको छ । साथै घासँमा आधारित पशुपालन पद् थप पढ्नुहोस्

बरिष्ठ पशु विकास अधिकृत

डा. नविन घिमिरे

बरिष्ठ पशु विकास अधिकृत

गुनासो सुन्ने  अधिकारी

गुनासो सुन्ने अधिकारी

 सूचना अधिकारी

डा. नजुमा जोशी

सूचना अधिकारी

फोटो ग्यालरी