Nepali

Introduction

कुल कृषि गार्हस्थ उत्पादनमा करिव २७ प्रतिशत योगदान तथा कुल गार्हस्थ उत्पादनमा १३ प्रतिशत योगदान रहेको पशुपालन क्षेत्रले नेपाली समाजमा बहुआयामिक महत्व राख्दछ । पशुपालन क्षेत्रको विकासको लागि  पशु स्वास्थ, पशु प्रजन्न, पशु आहारा र वजार व्यवस्थापन महत्वपुर्ण क्षेत्रगत सम्भागका रुपमा रहेका छन् । पशुपालनमा लाग्ने लागतको करिब ७० प्रतिशत खर्च लाग्ने गरेको पशु आहारा व्यवस्थापन हाल नेपालमा पशुपालनको मुख्य चुनौतिको रूपमा रहदै आईरहेको छ । व्यवसायिक तथा आधुनिक पशुपालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व बृद्वि गर्न गुणस्तरिय पशु आहाराको उपलब्धता सुनुश्चित गर्न आपरिहार्य भएको छ । हाल नेपालमा सुख्खा पदार्थमा ३३ प्रतिशत तथा टि डि एनमा ५० प्रतिशत कमी रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालनको मुख्य आधारको रुपमा रहेका करिव ३७ प्रतिशत चरन क्षेत्र तथा खर्कहरु पशुहरुको पहुचको कमी तथा उच्च stocking density का कारण हाल उच्च जोखिममा रहेका छन् । वर्तमान अवस्थामा राष्ट्रिय रुपमा पशु आहाराको मागलाई अपेक्षिकृत रुपमा पुर्ति गर्न नसकिएको भएतापनी हालको समयमा पशु आहारा क्षेत्रले नीजि क्षेत्रको सहभागीतामा उघोगको रुपमा विकास हुदै गरेको देखिन्छ । निजी क्षेत्रको लगानीमा हाल साना तथा मझौला गरी जम्मा ११८ वटा पशु आहारा उघोगहरु देश भित्र संचालनमा रहेका छन जसबाट दैनिक रुपमा सरदर २६०० टन पशुपन्छी दाना उत्पादन भइरहेको छ । व्यवसायिक रुपमा दाना उघोगको विकासक्रमसँगै दाना उत्पादनमा चाहिने कच्चा पदार्थमध्ये करिव ८० प्रतिशत मकै र सोयाविन तथा १०० प्रतिशत फिड एडिटिव तथा स्पलिमेन्ट हाल विदेशबाट आयात भईरहेको छ।

तसर्थ पशुपालन व्यवसायलाई दिगो तथा प्रतिस्पर्धा बनाई त्यसबाट उच्चतम प्रतिफल हासिल गर्न सन्तुलित तथा गुणस्तरीय पशु आहाराको उपलब्धता सुनिश्चित हुन, पशुपालन क्षेत्रको बढ्दो व्यवसायीकरण संगै ठुलो परिमाणमा तयारी दाना, दानाका लागि कच्चापदार्थ तथा फिड सप्लिमेन्टहरुको आयातबाट सिर्जित व्यापार घाटामा कमि ल्याउन आत्मनिर्भर पशु आहारा प्रणालीको आवश्यकता महसुस गरिएको छ । साथै घासँमा आधारित पशुपालन पद्दति विकासतथा विस्तार गरी कम लागतमा पशुजन्य पदार्थको उत्पादन गर्न, पशुवस्तुहरुको उत्पादकत्वमा वृद्धि ल्याई पशुजन्य पदार्थमा राष्ट्रलाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा जोड दिन,पशुपालन व्यवसायलाई नाफामूखी र मर्यादित पेशाको रुपमा विकास गरी युवाहरुलाई व्यवसायीक पशुपालन तर्फ आकर्षित गर्न,पशु आहारा व्यवस्थापनमा नविनतम प्रविधिहरुको अनुसन्धान र विस्तार गर्दैघासँखेतीलाई मुख्य पेशाको रुपमा रुपमा विकास गर्न,घासँको विउविजन तथा विरुवाको बढ्दो माग अनुरुप घासँकोआपूर्ति शृंखला विकास गर्न,खर्क तथा चरन क्षेत्रहरुको संरक्षण संवर्द्धन र उपभोगमा वैज्ञानिक विधिहरुको अवलम्बन लगायतका कार्यहरु गर्न तात्कालिन राष्ट्रिय चरन तथा पशु आहारा केन्द्र र लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको एकिकृत कार्यालयको रुपमा वि.स. २०७५ सवाल श्रावण १ बाट संघीय संरचनामा पशु सेवा विभाग अन्तर्गत राष्ट्रिय पशुआहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको स्थापना गरिएको हो ।